क्यान्सरपीडित बालकको उपचारका लागि सहयोग

बालकको

साउदी अरब, फागुन २०-  रक्तक्यान्सरबाट पीडित बनेका एक बालकको उपचारका लागि साउदी अरबबाट आर्थिक सहयोग गरिएको छ ।
गुल्मी, बम्घा–६ का चार वर्षीय बालक अनुराग ज्ञवालीको उपचारका लागि गैर आवासीय नेपाली सङ्घ (एनआरएन) जेद्धा क्षेत्रीय समिति साउदीले आर्थिक सहयोग गरेको हो ।

सङ्घले पीडित बालक को उपचारका लागि तीन हजार ५३५ साउदी रियल अर्थात् एक लाख नेपाली रुपैयाँ सहयोग गरेको हो । सङ्घले पीडित बालकको उपचार सहयोगार्थ केही दिनअघि जेद्धामा आयोजना गरेको खुला फूटबल प्रतियोगिताबाट सो बराबरको रकम सङ्कलन गरेको सङ्घका क्षेत्रीय अध्यक्ष भिम गुरुङले राससलाई जानकारी दिनुभयो ।

सहयोग रकम विपे्रषण मार्फत् पीडित परिवारलाई पठाइएको उहाँले बताउनुभयो । क्यान्सरपीडित बालक को आर्थिक अभावमा उपचार हुन नसकेपछि साउदीमा रहेका आफन्तजनको आग्रहमा आर्थिक सहयोग गरिएको गुरुङले बताउनुभयो ।

बालक को हाल दिल्लीस्थित राजिवगान्धी अस्पतालमा उपचार भइरहेको छ । क्यान्सरपीडित बालक गुल्मी, बम्घा–६ निवासी प्रकाश ज्ञवालीका एक मात्र सन्तान हुन् ।

Leave a Reply