प्रहरी क्लब र न्यू होराइजन सेमिफाइनल मा

काठमाडौँ, फागुन २०- नेपाल प्रहरी क्लब र न्यू होराइजन क्रिकेट क्लब ‘बुटवल’ प्रथम रुस्लान ट्वन्टी ट्वन्टी क्रिकेट कप प्रतियोगिताको सेमिफाइनल मा प्रवेश गरेका छन् ।

काठमाडौँ, फागुन २०- नेपाल प्रहरी क्लब र न्यू होराइजन क्रिकेट क्लब ‘बुटवल’ प्रथम रुस्लान ट्वन्टी ट्वन्टी क्रिकेट कप प्रतियोगिताको सेमिफाइनल मा प्रवेश गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा प्रहरी क्लबले मकवानपुर क्रिकेट क्लब ‘हेटौँडा’लाई १० विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्यो । दोस्रो क्वार्टर फाइनलमा न्यू होराइजनले आयोजक काठमाडौँ क्रिकेट क्लबमाथि ६ विकेटले जित्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रेको प्रहरी क्लबले १५ ओभरमा कुनै विकेट नगुमाउँदै मकवानपुरको ११३ रनको लक्ष्यलाई पूरा ग¥यो ।

नेपाल प्रहरीका ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ५५ रनको योगदान दिए भने अर्का ब्याट्सम्यान शङ्कर रानाले नटआउट ५१ रन जोडे । त्यसअघि पहिले ब्याटिङ गरेको मकवानपुरका शाहिल कङ्सकरले २६, रविन गुरुङले २२ तथा सुमन सुनुवारले १९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

मकवानपुरलाई ११२ रनमा समेट्ने क्रममा प्रहरीका ललित भण्डारीले तीन, मञ्जित श्रेष्ठ र प्रेम तामाङले समान दुई÷दुई विकेट लिए भने सुशील कँडेल र दीपेन्द्र ऐरीले समान एक÷एक विकेट लिए ।

त्यसैगरी टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौ क्रिकेट क्लबले १९ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो । जवाफमा न्यू होराइजनले १६ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै काठमाडौँ क्रिकेट क्लबको चुनौतीलाई पूरा ग¥यो ।

भोलि पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र न्यू होराइजन क्लब आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले नेपाल प्रहरी क्लबको सामना गर्नेछ । प्रतियोगिता २२ गते सम्पन्न हुनेछ ।

Leave a Reply