सदाचार र सुशासन कायम गर्न अभियान केन्द्रित हन्छ– डा भट्टराई

संविधान

पोखरा, फागुन २०- नयाँ शक्ति निर्माण अभियानका संयोजक डा बाबुराम भट्टराईले सदाचार र सुशासन कायम गर्न आफ्नो अभियान केन्द्रित हुने बताउनुभएको छ ।

नयाँ शक्ति निर्माण अभियानकास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले कार्यालयमा हुने भ्रष्टाचारको अब छिट्टै बन्ने नयाँ शक्ति निर्माण अभियान पार्टीले निगरानी गर्ने र आर्थिक अनियमित गर्ने बताउनुभयो ।

एक लाखभन्दा बढीले नयाँ शक्ति निर्माण अभियानको सदस्यता लिएपछि मात्रै पार्टीको घोषणा गरिने जानकारी दिँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले आफ्नो पार्टी देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुने दाबी गर्नुभयो ।

पार्टी सञ्चालनका लागि स्वेच्छिक रुपमा मात्रै चन्दा सङ्कलन गरिने बताउँदै उहाँले चन्दा सङ्कलन वर्षको दुई पटक वैशाख र कात्तिक महिनामा मात्रै गरिने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply