चुनाबको मुखमा सुटुक्क सहिद घोषणा ?

काठमाडौँ, साउन १५ – चुनाबको मुखमा नेपाल सरकारले नौजनालाई सुटुक्क सहिद  घोाषणा गरेको छ ।

राजपा नेपालले सहिद घोषणा गर्न बाँकी रहेका १२ जनाको नाम बुझाएको थियो, त्यसमध्ये नौजनालाई सहिद घोषणा गरेको छ ।

बाँकी  तीनजनामध्ये एकजना घाइते थिए, उसले सरकारबाट उपचार खर्च पनि पाइसकेका थिए तर पछि घाउन निको भएन र मृत्यु भयो । राजपा नेपालले उनलाई पनि सहिद घोषणा गर्न सिफारिस गरेको छ ।

त्यसको बारेमा जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको राजपा नेपाल स्रोतले जनाएको छ । नौजनालाई सहिद घोषणा गरेको कुरा सरकारले बाहिर ल्याएको छैन ।

चुनावको मुखमा सहिद घोषणा, मुद्दा फिर्तालगायतका कार्य गर्यो भने चुनावलाई प्रभाव पार्ने देखिने र प्रमुख प्रतिपक्षि दल पनि त्यसको विरोध गर्ने डरका कारण सरकारले राजपा नेपालका लागि मन्त्रीपरिषद्बाट गरेका निर्णयहरु बाहिर ल्याएको छैन ।

 

Leave a Reply