काभ्रेकी ढकालको जापानमा मृत्यु

जापानमा ब्यबसाय गर्ने नेपालीलाई खुसीको खबर सार्बजनिक भएको छ । जापानमा व्यबसाय गर्दै आएका विदेशीहरुलाई अब स्थायी वसोवास प्रमाणपत्र प्रदान गरिने भएको छ

टोकियो, फागुन २१- जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ ।

काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताउनुभयो । अस्पतालले हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।

साइतामाको निशिउरावामा काम गर्न गएकी ढकालले बिहीबार साँझ एक्कासि मुटु दुख्यो भनेपछि कम्पनीको गाडीमा ओमिया अस्पतालमा उपचारका लागि लगिएको थियो । मृतक ढकालका श्रीमान् खेमराज १९ वर्षीय एक छोरा र १७ वर्षीया छोरी जापानमै छन् । छ बर्षअघि कुक भिसामा जापान आएका श्रीमान् खेमराज विगत पाँच महिनायता बेरोजगार भई नयाँ काम खोजिरहेका छन् ।

यसैबीच पारिवारिक अवस्था कमजोर भएको भन्दै मृतक ढकाल परिवारले जापानवासी नेपालीसँग सहयोगको आग्रहसमेत गरेको छ ।

Leave a Reply