‘चुरेको माटो चुरेलाई–सफा पानी सबैलाई’ नारा दिएर गुरुयोजना बनाइँदै

गुरुयोजना

काठमाडौँ, फागुन २१- सभामुख ओनसरी घर्तीले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रमबाट वन विनास रोक्न, वातावरण जोगाउन र दिगो विकास हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।

चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजनाको मस्यौदामाथिको अन्तरक्रियालाई आज सम्बोधन गर्दै उहाँले प्राकृतिक स्रोत साधन र सम्पदाको संरक्षलाई संसद्ले विशेष ध्यान पुर्याउँदै आएको छ भन्नुभयो ।

संविधानको कार्यान्वयन गर्दै तीव्र गतिमा विकास र समृद्धिका लागि अघि बढ्नु आजको आवश्यकता हो भन्दै सभामुख घर्तीले संविधानको कार्यान्वयनमा देखिएका समस्यालाई सहज तुल्याउन राजनीतिक दलसँग आग्रह गर्नुभयो ।

वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले चुरे संरक्षण भनेको राष्ट्र र जनताको जीवन संरक्षणसँग जोडिएको विषय भएको हुँदा यो विषय मुलुकका लागि महत्वपूर्ण छ भन्नुभयो । कमजोर भूगोल, बढ्दो अतिक्रमण, भू–क्षय, वन क्षेत्रको विनाशलाई रोकेर चुरेलाई नमुना बनाउँछाँै भन्ने प्रतिज्ञा गर्न आवश्यक रहेको बताउँदै उहाँले राजनीतिक उपलब्धिलाई समृद्धिमा बदल्न चुरे संरक्षणमा जोड दिनुपर्छ भन्नुभयो ।

;efd'v cf]g;/L 3tL{n] r'/]–t/fO{ dw]; ;+/If0f tyf Joj:yfkg u'?of]hgfsf] d:of}bfdflysf] cGt/lqmof sfo{qmdsf] pb3f6g ug'{x'Fb} . tl:a/ M gf/fo0fk|;fb Gof}kfg], /f;;
;efd’v cf]g;/L 3tL{n] r’/]–t/fO{ dw]; ;+/If0f tyf Joj:yfkg u’?of]hgfsf] d:of}bfdflysf] cGt/lqmof sfo{qmdsf] pb3f6g ug'{x’Fb} . tl:a/ M gf/fo0fk|;fb Gof}kfg], /f;;

युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले गुरुयोजना र नीति जति नै वैज्ञानिक भए पनि त्यसको अर्थ रहन्न भने पक्षलाई चुरेमाथिको अतिक्रमणको घटनाले पुष्टि गरेको बताउनुभयो । संसद्को वातावरण संरक्षण समितिका सदस्यसमेत रहनुभएका मन्त्री मण्डलले प्राकृतिक स्रोतसाधनको बिक्री–वितरणलाई रोक्न आवश्यक रहेको बताउँदै चुरे संरक्षण कार्यक्रम बालुवामा पानी हालेजस्तो मात्र भएको छ भन्नुभयो ।

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले चुरे संरक्षणका लागि दृष्टि, इच्छाशक्ति र प्रतिबद्धता खाँचो आँैल्याउनुभयो । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका वीरेन्द्र यादवले चुरे कार्यक्रमलाई प्रभावकारी तुल्याउन स्थानीय जनताको भावना बुझेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, समितिका सदस्यसचिव डा अन्नपूर्णानन्द दास, गुरुयोजना तयारी कार्यदलका टोली प्रमुख डा विनोद भट्टले चुरेको माटो चुरेलाई सफा पानी सबैलाई नारा तय गरेर चुरेको आवश्यक संरक्षण हुन नसक्दा वर्षामा जलमग्न र हिउँदमा सुक्खा हुने अवस्थाको अन्त्य गरिनेछ भन्नुभयो ।

चुरेको आवश्यकता, गम्भीर्यता र संवेदनशील पक्षलाई ध्यान दिएर सरकारले २०६८ सालपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएको हो । प्रकृति स्वयम्को कारणभन्दा अव्यवस्थित बसोबास, वन विनाश, चरिचरन, डढेलो र वातावरण विनास हुने भौतिक संरचना निर्माणले संरक्षणमा अप्ठेरो पार्दै आएको छ ।

चुरे क्षेत्रको १९२ स्थानबाट प्रकृतिजन्य वस्तु उत्खनन गर्न सकिने स्थानको पहिचान भए पनि बिनायोजन हाल रोडा, ढुङ्गा, गिट्टी मात्र २४२ स्थानबाट उत्खनन हँुदै आएकाले यसलाई रोक्ने मामिलामा कुनै कसर बाँकी राख्न नहुने कार्यक्रमका अवसरमा सुझाव दिइयो ।

मुलुकभर सञ्चालनमा रहेका ५८० वटा क्रसर उद्योग रहेकामा १६ वटाले मात्र मापदण्ड पूरा गरेको जानकारी दिइयो । मुलुकको ३६ जिल्लामा चुरे संरक्षण कार्यक्रम सञ्चालन भइरहेको र त्यस क्षेत्रमा हाल एक लाख ३४ हजार घरधुरी रहेको जानकारी दिइयो ।

Leave a Reply