जनकपुरको बजेट रु २९ करोडभन्दा बढी

महालेखा नियन्त्रक कार्यालय

जनकपुर, फागुन २१- जनकपुर उपमहानगरपालिकाको दोस्रो नगरपरिषद्मा कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले आगामी आव २०७३-०७४ का लागि रु २९ करोड ५९ लाख ६६ हजारको बजेट प्रस्तुत गर्नुभयो ।

प्रस्तुत बजेट त्यति महत्वाकाङ्क्षी नभए तापनि यसले धार्मिक नगरी जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, मणिमण्डप, गङ्गा सागर र धनुष सागरको संरक्षण गर्नेमा जोड दिएको छ ।

बजेटमा चालुगत खर्चतर्फ रु १८ करोड ३५ लाख ७४ हजार तथा पुँजीगत खर्चतर्फ रु ११ करोड २३ लाख ९२ हजार छ । सो परिषद्को उद्घाटन गर्दै समाजसेवी रामचन्द्र साहले विकास निर्माणका क्रममा राजनीतिक दलले रकम खर्च गर्दा इमान्दारीपूर्वक गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply