केपी ओलीले भने, ‘अब माओवादी सकिन्छ’

केपी ओली

काठमाडौ– एमाले अध्यक्ष केपी ओलीले अबको निर्वाचनमा माओवादी केन्द्र समाप्त हुने चेतावनी दिएका छन् ।

बिहीबार पार्टी कार्यलय धुम्बराहीमा भएको कार्यक्रममा अध्यक्ष ओलीले  माओवादी अव केन्द्र मात्रै रहने चेतावनी दिएका हुन् । उनले भने ‘ माओवादी केन्द्र केन्द्रमात्र भो अव राजनीतिक पार्टी रहेन, गत निर्वाचनमा जनताले नै उसलाई जवाफ दिइसकेका छन् । अघिल्लो निर्वाचनमा जनताले पात झारे अवको निर्वाचनमा केही बाँकी रहदैन ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रलाई विचारविहिन पार्टीको संज्ञा दिँदै बादशाहको पार्टीका रुपमा विकसित भएको टिप्पणी पनि गरे ‘एउटा पार्टीमा ४५ सालदेखि ७४ सालसम्म एउटै नेता भएको कहि देख्नुहुन्छ ?’ ओलीको प्रश्न थियो । उनले माओवादी अध्यक्ष प्रचण्डलाई बबुलको रुख भन्दै त्यो रुखमुनि केही पलाउँन नसक्ने टिप्पणी पनि गरे । भरतपुर महानगरको निर्वाचन परिणामप्रति लक्षित गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले त्याँहाको बास्तविकता सवैले थाहा पाइसकेको बताए ।

फरक प्रशंगमा अध्यक्ष ओलीले पृथ्वी नारायण शाह र महेन्द्रको प्रशंसा पनि गरे । उनले भने ‘ चीनसँग जोडिने कोदारी राजमार्ग बनाउनु महेन्द्रको गल्ति हो ? उत्तरमा रहेका भारतीय चेकपोष्ट हटाउनु उनको कमजोरी हो ? के पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर गल्ती गरेका हुन ?’
राष्ट्रियताका बारेमा एमालेसाग कसैको तुलना हुन नसक्ने भन्दै अध्यक्ष ओलीले

एमाले देश जनता र आफ्ना कार्यकर्ताको संरक्षण गर्ने पार्टी भएको दावी पनि गरे । उनले विगतमा एमालेले भुमि कव्जा नभई अधिकरण गर्ने भनेको भन्दै भुमिपतिको जमिन अधिग्रहण गरेर व्यवापार व्यवसायमा लगाउने भनेपनि विरोधीहरुले गलत हल्ला फैलाएको बताए । राज्य बनाउने जिम्मेवारी एमालेमा आएको भन्दै उनले कम्युनिष्ट हराउन कम्युनिष्ट भन्नेहरु नै दक्षिपन्थीसँग मिलेर अवसरवादी चरित्र देखाएको बताए ।

Leave a Reply