बैक अफ काठमाण्डुको बिपन्न समुदायलाई सहुलियत दरमा ऋण

नवलपरासी , २७  साउन – बैक अफ काठमाण्डुले गरिब र बिपन्न समुदायहरुलाई लक्षित गरी सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेको छ ।

बिपन्न समुदायको उत्थान साथै बैकको सामाजीत उत्तरदायीत्व पुरा गर्न गरिब र बिपन्न समुदायहरुका लागि कुनै पनि साना व्यवसाय थालनी गर्न बैकले सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेको हो ।

बैकका विकास ऋण शाखा प्रमुख गणेश लम्सालका अनुसार साना व्यवसायको प्रकृति हेरी न्युनतम १० हजार देखी बढीमा चार लाख रुपैया सम्म ऋण रकम उपलब्ध गराईने छ ।

तिन दिन भित्र कर्जा स्विकृत गरीने , सहुलित दलरमा ऋण उपलब्ध गराउने र माग आय जति सबैलाई कर्जा उपलब्ध गराउने बैकको लक्ष्य रहेको बैक अफ काठमाण्डुका विकास ऋण शाखा प्रमुख लम्सालको भनाई छ ।

निम्न आय , गरिब र बिपन्न समुदाय साथै केही गर्ने सोच र अभिलास सहित आउने यस्तो बिपन्न समुदायका ग्राहकहरु ल्याएको सो सहुलियत दरमा ऋण उपलब्धबाट धैरे सेवाग्राही लाभाम्वीत हुने अपेक्षा गरिएको छ ।

देशभरी कुल ४० जिल्लामा ७५ वटा शाखा रहेको यस बैक अफ काठमाण्डु लुम्बिनीले चुक्ता पुजी कुल करिब ६ अर्ब रहेको छ ।

Leave a Reply