नयाँ शक्ति पार्टीका ३ नं प्रदेशका युवाका सहसंयोजक निर्मल सहित ४५० कार्यकर्ता माओबादीमा प्रवेश

वाईसीएल

काठमाडौंँ,   साउन २९ – नयाँ शक्ति पार्टीका ३नं प्रदेशका युवा अभियानका सहसंयोजक दीपक विक(निर्मल)४५० भन्दा बढी युवा नेता तथा कार्यकर्ताका साथ माओबादी प्रवेश गरेका छन् |

नयाँ शक्तिका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम जारीरहेका बेला सो युवा नेताहरूले समेत सङ्गठन परित्याग गरेका छन् । शनिबार नयाँ शक्तिका प्रदेश नम्बर ३ युवा अभियानका सहसंयोजक दीपक विकको नेतृत्वमा एक समूहले सङ्गठन परित्याग गरेको छ ।

नयाँ शक्ति युवा अभियान छाडेका नेताहरू नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)मा प्रवेश गर्नुभएको छ ।

नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य समेत रहेका निर्मलको नेतृत्वमा  बिशाल लामा, पशुपति पण्डित, बिशाल लामा लगाएतका नेपाली काँग्रेस, नेकपा एमाले र नयाँ शक्तिका ४५० भन्दा बढी युवा नेता तथा कार्यकर्तालाई माओवादी वाईसीएल इन्चार्ज मणि थापाले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्वागत गर्नुभयो ।

 

Leave a Reply