लोक गायिका सुनिला गुरुङ्गको तिज कोसेली “मेरै फरिया” सार्बजानिक । (भिडियोसहित)

गोरखा – बिगत लामो समय देखि लोक गित संगीतमा सक्रिय गायिका हुन् सुनिला गुरुङ्ग । गोरखाको बिकट गाउमा जन्मिएकी गुरुङ्ग सानै देखि नाच गान गित गाउन निक्कै शौखिन रहेको बताउछिन । बच्चापन स्कुले जिबन बाटै गित गाउने यात्रा सुरु गरेकी सुनिला यसै विधामा भबिष्य खोज्दै बिगत लामो समय देखि काठमाण्डौलाइ कर्मथलो बनाउदै आएका छिन । दर्जनौ एल्बम बजार ल्याउन सफल भएकी गुरुङ्गले थुप्रै गितमा आवाज पनि दिएकि छिन ।

कुसल कलाकारको उपनामले पनि परिचित गायिका सुनिला थुप्रै देश बिदेशमा हुने प्रोग्राममा पनि आफ्नो दमदार प्रस्तुति दिदै आएकिछिन । पछिल्लो समय तिज गीतमा ब्यस्त गायिका सुनिला गुरुङ्गको नया तिज कोसेली बजारमा ल्याएकिछिन “मेरै फरिया” नाम दिइएको उक्त एल्बमको लय संगीत कृष्ण थापाको रहेको छ, आफ्नो गाउले जिबनमा बिगतको कथा ब्याथालाई र यथार्तालाई गित मार्फत पर्दामा उतार्ने काम गायिकाले गरेकी छिन । अहिले बजारमा छाडा प्रवृतिको गित संगीतलाइ यो मौलिक गीतले गतिलो प्रहार गरेको छ । । भिडीयो निर्देशन अर्का गोर्खाली चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन् । त्यस्तै भिडियो मा अर्की गोर्खाली चेली चर्चित मोडल रन्जिता गुरुङ्गले नृत्य गरेकिछिन जुन गित अहिलेका नारीहरुको रोजाइमा पर्ने गरेकोछ ।

Leave a Reply