बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घलेले गरे १ करोड सहयोग

एनआरएन

काठमाडौं, साउन २९ – बाढी पिडितको सहयोगको लागि एनआरएनएले आपतकालीन राहत कोषको स्थापना गरेको छ। कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन्।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ।

संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।

एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एक/एक लाख रुपैयाँ सहयोग गरेका छन्। संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन्।

Leave a Reply