गोरखाको मान्बुमा भिषण पहिरोः ६५ घरपरिवार विस्थापित

मान्बु

गोरखा साउन २९ – गोरखाको आरुघाट गाउँपालिका १ मान्बु स्यामचेत गाउँमा पहिरोले ६५ घर उच्च जोखिम भएपछि स्थानीयबासिन्दाले गाउँ छाडेका छन्।

शुक्रबार बिहानैदेखि निरन्तर पहिरो झरेपछि गाउँलेहरुलाई सुरक्षित स्थानमा सारिएको गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

पहिरो गएको स्थानमा प्रहरी परिचालन गरिएको छ। स्यामचेतमा १२० घर रहेका छन्।

पहिरोले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण केही बेरमा आउने बताइएको छ।

वडाध्यक्ष शेरबहादुर घले नेतृत्वको जनप्रतिनिधिको टोली घटनास्थल पुगेको छ।

Leave a Reply