टोखामा के भनेछन् भट्टराईले प्रचण्डलाई ?

१६ महिनापछि बाबुराम र प्रचण्डको जम्काभेट

काठमाडौँ, साउन २९ – पूर्व प्रम तथा माकेका अध्यक्ष प्रचण्ड दोश्रो पटक मेरो स्वास्थ्यवारे जानकारी लिन आउनुभएकेमा हार्दिक धन्यवाद!

राजनीतिक प्राणी हुनुको नाताले प्रसंगवश केही राजनीतिक कुराहरू गरिनु अस्वाभाविक हैन।

तर त्यसलाई पूर्व माओवादी वीच एकताको प्रयासको रूपमा अर्थ्याइनु तथ्यसंगत हैन/हुन्न।

समसामयिक राजनीतिवारे मैले राखेका कुरा यस्ता छन्:

१.कुनै पुरानो पार्टी अवको वैकल्पिक राजनीतिक शक्ति बन्न सक्दैन! माओवादी लगायतका पछिल्ला अग्रगामी राजनीतिक शक्तिहरूले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई पुर्याएर आफ्नो ऐतिहासिक कार्यभार पूरा गरिसकेका छन्। नयाँ ऐतिहासिक चरणका नयाँ कार्यभार ( हामीले ५ स को रूपमा परिभाषित गरेका विषयहरू) पूरा गर्न नयाँ विचार सहितको नयाँ शक्ति चाहिन्छ।

२. नयाँ शक्तिको निर्माण पुराना पार्टीहरू जोडेर वा एकमा अर्को विलय भएर हैन पुरानोलाई विघटन गरेर नयाँ आधारमा नयाँ ध्रुवीकरण गरेर मात्र हुनसक्छ।

३. नयाँ युगको नयाँ विचार पुँजीवादी उदारवाद वा राज्यनियन्त्रित समाजवाद हैन नयाँ ढंगको समुन्नत समाजवाद मात्र हुनसक्छ! पार्टीको नाउँ पनि नयाँ विचारलाई बोक्नसक्ने नयाँ समाजवादी पार्टी वा अरू यस्तै हुनु उपयुक्त हुन्छ।

४. नेपालको बदलिंदो भूराजनीतिक स्थिति, मुख्यत: चीन, भारत र अमेरिकी सामरिक स्वार्थको टक्कर, लाई मध्यनजर गर्दै कुनै बाह्य शक्तितर्फ नढल्किई स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्वन गर्नु नयाँ वैकल्पिक शक्तिको मुख्य पहिचान बन्नुपर्दछ।

५. विगतका आन्दोलनका उपलब्धीहरूको रक्षा, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यवस्थापिका, भ्रष्टाचारको अन्त्य, जनजीविकाका प्रश्न आदि विषयमा विचार र नीति मिल्नेहरूसंग कार्यगत एकता र चुनावी तालमेल कायम गर्ने प्रयत्न गर्नुपर्दछ |

Leave a Reply