श्री नब मैदान युबा क्लब द्वारा फुजेल- गोरखामा धमाका मच्चाईदै !!!

नेपालीहरुको महान चाड बडा दशैंको शुभ अबसरमा गोरखा फुजेलमा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको उपस्थितीमा  बृहत सास्कृतिक कार्यक्रम तथा नृत्य  प्रतियोगिता आयोजना गरिने भएको छ ।

कला र संस्कृति को संरक्षण गर्ने उद्देश्यले बिगत ३ वर्ष  यता देखी श्री  नब  मैदान  युबा  क्लब गण्डकी गाउँपालिका – ३  फुजेल , गोरखामा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ । यसपालि पनि नव मैदान युबा  क्लब ले असोज १३ गते नबमी को दिन फुजेल को आमडाडांमा राष्ट्रिय ख्याती प्राप्त कलाकार हरुको दमदार प्रस्तुती संगै शुभ कामना आदान  प्रदान तथा  बृहत सास्कृतिक कार्यक्रम  आयोजना गर्ने भएको  छ ।

यसपालि राष्ट्रिय ख्याती प्राप्त लोक दोहोरी गायक राजु परियार, हांस्यकलाकार मरिचमन श्रेष्ठ (बल्छी धुर्बे), लोक दोहोरी गायिका वेलिमाया गोर्खालि, गायक प्रेम अर्याल, गायक कृष्ण लामिछाने, विवश अर्याल लगायत स्थानिय कलाकार हरुको प्रस्तुती दिएर दर्शक हरुलाई भरपुर रुपमा मनोरञ्जन  दिन सक्ने कुरा उक्त कार्यक्रमका संयोजक सन्देश पन्त ज्यु ले क्यापिटल खबर लाई जानकारि दिनु भएको छ ।

Leave a Reply