भूकम्पपीडितलाई घर हस्तान्तरण

ललितपुर । आवासका लागि सहयोग समूह ‘लुमन्ती’द्वारा निर्माण गरिएका भूकम्प प्रतिरोधात्मक घर शुक्रबार एक कार्यक्रमबीच २ सय४७ जना भूकम्पपीडित परिवारलाई हस्तातरण गरिएको छ ।
कोन्ज्योसोम गाउँपालिका– ३ दलचोकीमा निर्माण गरिएका घर स्थानीय बासिन्दालाई हस्तातरण गरिएको हो । २०७२ वैशाख १२ को भूकम्पबाट पूर्णरुपमा क्षति भएका २ सय ४७ परिवारले नयाँ घर पाएका छन् ।
संस्थाका परियोजना कार्यक्रम संयोजक तुलसीकुमार कवैका अनुसार ललितुरको सिद्धिपुर, थेचो, चाँपागाउँ, लेले, झरुवाराशी र दलचोकीमा भूकम्पप्रतिरोधात्मक घर निर्माण कार्य भइरहेको छ ।

Leave a Reply