हुल बाँधेर विमानस्थल जान नपाइने : ढोकासम्मै पुग्थे नेता, कार्यकर्ता

काठमाडौँ, असोज १राजनीतिक दलका नेता तथा कार्यकर्ता अब हुल बाँधेर शिर्ष नेता या प्रधानमन्त्री जिल्ला आउँदा स्वागतका लागि विमानको ढोकासम्म पुग्न नपाउने भएका छन् ।

भीभीआईपी, भीआईपी आउँदा कार्यकर्ता, शुभचिन्तकको भिडले सुरक्षा खतरा बढेको भन्दै विमानस्थल व्यवस्थापनले पास लिएर मात्र प्रवेशको व्यवस्था गरेको हो ।

भीभीआईपी आउँदा १० र भीआईपी आउँदा पाँच जनाले मात्र अब विमानस्थलमा स्वागतका लागि प्रवेश पाउने बताइएको छ ।

भीआईपी आउँदा अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्न पनि रोक लगाइएको खबर  आजको अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply