थबाङबाट बहिस्कृत भएर १८ मिनेटमा फर्किएका प्रचण्ड र उनका चुरीफुरी

रोल्पा, असोज १- पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल गाउँपरिषद्को उद्घाटन गर्न थबाङ पुगेका थिए तर केवल १८ मिनेट मात्र बसेर त्यहाँबाट फर्केका छन् । प्रचण्डको साथमा कृष्णबहादुर महरा,बर्षमान पुन र जोख बहादुर महारा लगाएतका नेताहरु त्यहाँ पुगेका थिए ।

प्रचण्डको सभामा कुरेलीबाट २० जना र उवाबाट १५ जना रोल्पाली सहभागी रहेको कुरा स्रोतले जनाएको छ । बाँकी थवाङबासीहरुले सभा बहिष्कार गरेका थिए ।

प्रचण्डले निरास मुद्रामा ‘सहिद मार्ग र थबाङमा ढुङ्गा आफैंले छापेको, अपहरण गर्ने र अपहरित हुने पनि हाम्रै हुन् र आफ्नैलाई अपहरण गर्नु राम्रो भएन’ भनेर तीन कुरा गरेर फर्केका छन् ।

थबाङका बासिन्दा कोही पनि सहभागी नभएको र नाम मात्रको सभामा सुरक्षाकर्मी मात्रै देखिएकोको कुरा पनि स्रोतले जनाएको हो । गाउँपालिका भवनको प्राङ्गणमा भएको इतिहासकै दयनीय सभापछि प्रचण्ड रुकुमतर्फ लागेका थिए ।

गाउँपालिका प्रमुख बिनाको सभा उद्घाटन केवल औपचारिक निभाउन सभा भएको त्यहाँबाट जानकारहरु बताउछन ।

Leave a Reply