अधिक तरलता पश्चात बैंकहरु व्याज दर घटाउदै

काठमाडौँ, असोज १- बैंक तथा वित्तीय संस्थाहरुले तरलता बढि भएपछि निक्षेपको व्याज दर क्रमिक रुपमा घटाउन थालेका छन् ।
असोज १ गतेदेखि लागु हुने गरेर ८ वाणिज्य बैंकले निकालेको सुचनमा सबैजसोले व्याज दर घटाएका हुन् ।
ग्लोबल आइएमइ बैंकले २ वर्षमाथिको अवधिको निक्षेपको लागि ६.५० प्रतिशत र १ वर्षमाथिको लागि ७.५० प्रतिशत व्याज दर तोकेको छ । यो नै बैंकले मुद्धती निक्षेपमा दिएको उच्च व्याजदर हो ।

यता, नबिल बैंकले अघिकत्तम ८ प्रतिशतसम्म व्याजदर प्रस्ताव गरेको छ । बैंकले ५ वर्ष माथिको निक्षेप वा अक्षय कोषको रकम राख्दा भने समझदारीमा तय गर्ने उल्लेख गरेको छ ।

 

नेपाल बंगलादेश बैंकले पनि अधिकत्तम ८.५० प्रतिशतसम्म व्याज दर प्रस्ताव गरेको छ । २ वर्षभन्दा बढि अवधिको निक्षेपमा यो दर व्यक्तिगत निक्षेपकर्तालाई दिइने भएको हो । बैंकले एनएमबी मुद्दती योजनामा दिइआएको ९ प्रतिशतको व्याज दर उही रहेको उल्लेख गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि शर्त लागु हुने स्पेशल ब्लक निक्षेप खातामा व्यक्तिगत निक्षेपकर्ताको लागि ९ प्रतिशत व्याज दर तोकेपनि अन्यमा अधिकत्तम ८ प्रतिशतमा व्याज दर सिमित पारेको छ ।

नेपाल बैंकले पनि अधिकत्तम ८ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरेको छ । सनराइज बैंकले पनि अधिकत्तम ८.५० प्रतिशत व्याज दर प्रस्ताव गरेको छ । एभरेष्ट बैंकले अधिकत्तम व्याजदर ७ प्रतिशतमा सिमित पारेको छ । एभरेष्टले भदौं ३० गतेबाट नै लागु हुने गरेर व्याज दर परिवर्तन गरेको हो ।
सबैभन्दा धेरै व्याज प्रभु बैंकले दिने भएको छ । बैंकले ९ महिना देखि २ वर्षसम्मको निक्षेपमा ९ .५० प्रतिशतसम्म व्याज दर दिएको छ ।
अहिले बैंकिङ प्रणालीमा ७० अर्बभन्दा बढि पुँजी (अधिक तरलता) रहेपछि बैंकहरुले निक्षेपको व्याज दर घटाउन थालेका हुन् । केही बैंकले कर्जाको व्याजदरमा समान्य परिवर्तन गरेपनि धेरैले व्याज दर घटाएका छैनन् ।

Leave a Reply