यौन शोषण गरेको अभियोगमा पक्राउ

काठमाडौँ, जेठ ९ गते । बीस वर्षे एक युवतीलाई जागिरको प्रलोभन देखाई कलङ्कीस्थित आफ्नो कोठामा यौन शोषण गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कलङ्की डेरा गरी बस्ने मोरङ सिजुवा–८ घर भएका २९ वर्षीय राजेन्द्र पोखरेल र मोरङ विराटनगर घर भएका २४ वर्षीय अग्रज चौधरी छन् । अभियुक्त पोखरेल र चौधरीले गत वैशाख ३१ गते ती युवतीमाथि यौनशोषण गरेको प्रहरीले
जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार रामेछाप बेथान–५ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ती युवतीलाई जागिरको लोभ देखाए कोठामा बोलाएका थिए । त्यसपछि ढोका थुनेर दुवै जनाले पालैपालो यौन शोषण गरेको आरोप पीडितको छ ।
यसैबीच, राजधानीका विभिन्न स्थानमा लगातार चोरी भएको छ । बूढानीलकण्ठ नगरपालिका–६ खड्ग भद्रकाली डेरा गरी बस्ने नुवाकोट चलाखुका इन्द्रप्रसाद तामाङको कोठामा आइतबार कोही नभएको मौका छोपी ढोकाको ताल्चा फुटाई ६२ हजार रुपियाँ, सुनका गरगहना गरी करिब दुई लाख ७४ हजार रुपियाँ बराबरको धनमाल
चोरी भएको छ ।

Leave a Reply