एमालेका सिलवाल परे फन्दामा, कारवाहीको तयारी

काठमाडौँ, असोज २३- राजीनामा स्वीकृत नहुँदै डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्नुको रहस्य खुलेको छ । कीर्ते प्रकरणमा सरकारले डीआईजी सिलवालमाथी कारवाही गर्ने तयारी गरेपछि उनी एमालेमा प्रवेश गरेका प्रहरी अधिकारीहरुले दाबी गरेका छन् । अहिले सिलवाल एमालेमा प्रवेश गर्नुको मुख्य कारण नै कारवाही छल्नु भएको अधिकारीहरुको भनाइ छ ।

अदालतबाट मुद्दा हारेपछि राजीनामा दिएका सिलवाल गत सातामात्र एमालेमा प्रवेश गरेका हुन् । उनी एमाले ललितपुरबाट प्रदेशसभाको निर्वाचनका लागि सिफारिसमा समेत परिसकेका छन् ।

सिलवालले कारवाही छल्नका लागि एमालेको शरण लिएपनि उनीमाथि कारवाहीको प्रक्रिया भने अघि बढाइएको प्रहरी उच्च स्रोतको दाबी छ । अति गोप्य रहने कार्यसम्पादन मुल्यांकन कीर्ते गरेर सर्वोच्च अदालतमा बुझाएको उनीमाथि आरोप छ । तर उनले यो आरोपको खण्डन गर्दै आएका छन् ।

राजीनामा स्वीकृत नगरी एमालेमा प्रवेश गरेका उनीविरुद्ध आचरणविरुद्धको पहिलो कारवाही गरिने तयारी भएको छ । सिलवालले प्रहरी सेवाबाट औपचारीक रुपमा सेवा अन्त्य नगरी प्रहरी नियमावलीविरुद्ध कदम चालेको भन्दै सिलवालमाथी कारवाही प्रक्रिया अघि बढाउन प्रहरीका उच्च अधिकारीले पनि प्रहरी प्रधान कार्यालयलाई सुझाएका छन् ।

Leave a Reply