बाबुराम कम्युनिष्ट संग नजिकिनुको रहस्य यस्तो !

बाबुराम

काठमाडौँ, असोज २५- नयाँ शक्ति बनाएपछि डा. बाबुराम भट्टराईको दाहिने हातझैं बनेका वरिष्ठ अधिवक्तासमेत रहेका खिमलाल देवकोटासँग एउटा प्रसंगमा माओवादीका अध्यक्ष प्रचण्डले भनेका थिए ‘मलाई बाबुराम, विप्लव र वैद्य चाहियो ।’ त्यसबेला उनलाई सोधियो ‘के तपाइँलाई पूर्वमाओवादी मात्र जुटाएर पुग्छ ?’ तयसपछि बाबुराम र उपेन्द्र दुवैलाई माओवादीमा पुनः भित्र्याउने तयारी शुरु भयो तर त्यसले सार्थकरुप लिन सकेन् ।

साउन दोस्रो साता प्रोस्टेटको अपरेसन गरेर सिभिल हस्पिटलबाट डिस्चार्ज भएपछि आराम गर्न टोखामा बसेका बेला यससम्बन्धि केहि तयारी भए । जनआस्था साप्ताहिमा खबर छ–त्यसैको फलस्वरुप असोज १४ गते उपेन्द्र र बाबुरामलाई माओवादीमा मिलाउने भनेर एक चरण कुरा भयो । १५ गते छाडेर १६ गते पार्टी एकताको घोषणा गर्नेसम्मको निचोडमा बाबुराम, उपेन्द्र र प्रचण्डको लाजिम्पाटमा बैठक सकियो । पहिले पनि यस्ता वक्तव्य लेख्ने गरेको हुँदा एकता घोषणा गर्ने जिम्मा प्रचण्डले उपेन्द्रलाई दिए । उनले छुट्ने बेलामा एउटा कुरा खुस्काए ‘ओलीजीसँग पनि मेरो कुरा भइरहेको छ, मिल्ने अवस्थामा पुग्न लागेको छ ।’ यसरी प्रचण्डबाट ओलीको नाम सुनेपछि उपेन्द्र बिच्किए । स्रोतका अनुसार त्यसपछि तराई गएका उनी फर्केनन् । उता एकताका लागि तयार भएर फर्केका बाबुरामसँग पनि प्रचण्ड डेढ दिनसम्म सम्पर्कविहिन भए । १६ गते पार्टी एकताकाृ घोषणा गर्ने भनेर छुटेका प्रचण्डले १४ गतेपछि फोन गरेनन्, थप छलफल नै भएन् । बरु १६ गते दिउँसो एकाएक एमाले संसदीय दलको कार्यालयबाट बाबुरामलाई ओलीले फोन गरेर बोलाए ‘तपाइँ २ बजेसम्म यहाँ आइपुग्नु पर्यो, एउटा जरुरी सल्लाह छ ।’

Leave a Reply