भ्रष्टाचारीलाई उन्मुक्ति दिँदै सर्वोच्च अदालत

काठमाडौं : सर्वोच्च अदालतले आयाल निगमको जग्गा खरिदमा करोडौ अनियमितता गरेका आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालार्इ आइतबार पद बहाली गर्यो । सोमबार साझा प्रकाशननमा अननियमितताको आरोपमा बर्खास्तीमा परेका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुको कारण माग गर्दै सरकारलाई आदेश दियो ।

यी पछिल्ला उदाहरण मात्र हुन् । सर्वोच्चले यस्ता विवादित विषयमा सक्रियता देखाउनुलाई धेरैले आश्चर्य मान्दै आएका छन् । सरकारले असोज २ गते बर्खास्त गरेका खड्का सोमबार बाटै पदबहाल भएका छन् । सार्वोच्चले आइतबार खड्कामाथि सरकारले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि खड्का सोमबार खुशी हुँदै कार्यालय पुग्दा कर्मचारीले भव्य स्वागत गरेका थिए ।

यता सोमबार नै सर्वोच्च अदालतले साझा प्रकाशनका महाप्रवन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको इजलासले शर्मालाई हटाउनुको कारण पेश गर्न शिक्षा मन्त्रालयका नाममा आदेश दिएको हो ।

अनियमितता गरेको आरोपमा शिक्षा मन्त्रालयले शर्मालाई असोज ८ गते बर्खास्त गरेको थियो । आफूलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै शर्माले पुनर्बहालीको माग राखी आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । अन्तरिम आदेश जारी गर्ने बारेमा छलफल गर्न सर्वोच्चले वादी शर्मा र प्रतिवादी शिक्षामन्त्रालय सहितलाई बोलाएको छ ।

Leave a Reply