कार दुर्घटना परिन रेखा !

काठमाडौँ, असोज २६- अभिनेत्री रेखा थापा कार दुर्घटनामा परेको छिन् । बुधवार दिउँसो करिब १२ बजे चाबहिलमा मालबाहक ट्रकले ठक्कर दिएको हो । थपा भने सकुसल छिन् । उनी आफैले कार चलाएकी थिइन् ।

दुर्घटनापछि थापाले आफु भाग्यले बाँचेको प्रतिक्रिया दिएकी छिन् । अगाडी बढिरहेको कारमा अगाडीबाटै आएको ट्रकले एक्कासी ठक्कर दिएको उनले बताएकी छिन् । एक टेलिभिजनमा अन्तवार्ता दिएर घर फर्किरहेका बेला उनी दुर्घटनामा परेकी हुन् ।

Leave a Reply