अमेरिका धमाधम बम प्रदर्शन गर्दै, उत्तर कोरिया तर्साउदै

काठमाडौँ, असोज २६- कोरियाली प्रायद्विपमा युद्व अभ्यास गरिरहेका अमेरिकि तथा दक्षिण कोरियाली संयुक्त सैन्य द्वारा पुनः दोस्रो बम शक्ति प्रदर्शन गरेका छन्। अमरिकी फेसिफिक बायुसेनाको कमाण्डमा पश्चिम समुद्र बाट B-1B नामक बम बर्षक बिमानको अभ्यास गरिएको छ। जसमा जापानी तथा दक्षिण कोरियाली सैनिकले समेत संयुक्त रुपमा भाग लिएका थिए।

मंगलबार गरिएको उक्त सैन्य अभ्यास उत्तर कोरियालाई निशस्त्र पार्ने रणनीतिमा वासिंगटन संग गरिएको सम्झौता बमोजिम नै भएको दक्षिण कोरियाको आणविक उर्जा सम्बन्धि सरकारी संयन्त्रले जनाएको छ।

उत्तरको आकाश नजिक गरिएको संयुक्त शक्ति प्रदर्शन यो दोस्रो पटक हो। यस भन्दा पहिला सेक्टेम्बरको अन्त्य तिर उत्तरको नजिकै पूर्वी आकास बाट शक्ति प्रदर्शन गरिएको थियो।

एक्काईसौं शताब्दीमा अमेरिकी बम बर्षक बिमान उत्तरको बाह्य सैनिक निषेधित क्षेत्र (Demilitarized Zone )नजिक उडेको पेन्टागनले प्रतिक्रिया दिएको छ।

Leave a Reply