एमाले भन्छ- ‘माओवादी नेतालाई तह लगाउन गाह्रो भो’

काठमाडौँ, असोज २६- वामपन्थी गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्र बाँडफाँडमा सहमति जुटाउन समस्या हुन थालेको छ । माओवादी सानो पार्टी भएर पनि आफु लाई सहमति अनुरुप ४०% नै चाहिने र नयाँ शक्तिले पनि आफ्नो स्थनीय निर्बाचनको परिणाम हेर्दा आफुले बाम गठबन्धनमा १५% पुग्ने मंत ल्याएका कारण आफु पनि कममा सिमित हुन नहुने भन्दै धेरै सिट दाबी गरेको छ । त्यसपछि एमाले नेता हरु लाई एकतमा सबै लाई भाग पुर्याउन सकस परेको छ ।

निर्वाचन क्षेत्र बाँडफाँड गर्ने कार्यदलका संयोजक तथा एमाले महासचिव ईश्वर पोखरेलले धेरैजसो सिटको बाँडफाँड सहमतिमा टुंगिए पनि केही ठाउँमा मिलाउनुपर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कार्यदलले परामर्श लिइरहेको पोखरेलले बताए ।

 

बुधबार साँझसम्म एक नम्बर प्रदेशको सिट बाँडफाँड टुंगो लागेको तर अरु प्रदेशको बाँकी रहेको नेताहरुले बताएका छन् ।

माओवादीले भने ६०/४० को भागवण्डामा सहमति भएकाले आफूहरुले ४० प्रतिशत सीट पाउनुपर्ने अडान राख्दै आइरहेकोछ ।

Leave a Reply