अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा पोखरेल

भद्रपुर, २६ असोज अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा कनकाई नगरपालिका–७ दुर्गापुरका दिनेशकुमार पोखरेल सर्वसम्मत चयन हुनुभएको छ ।
विगत १२ वर्षदेखि अस्टे«लियमा बस्दै आउनु भएका उहाँलाई उक्त समाजको बिर्तामोडमा बुधबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा हङकङ निवासी छत्र सुब्बा तथा उपाध्यक्षहरूमा मध्यपूर्वी मुलुकमा बस्दै आउनुभएका दीपकप्रसाद ओली, युरोप निवासी ललितकुमार न्यौपाने, अस्टे«लिया निवासी रूपराज मैनाली, अमेरिका निवासी प्रमोद सिटौला, कोरिया निवासी राजु सन्तोषी थापा र प्रेम कार्की रहेका छन् ।

महासचिवमा मध्यपूर्वकै रोहितकुमार भण्डारी, सचिवमा भूपाल सिटौला र कोषाध्यक्षमा बालहरि राई तथा सदस्यहरूमा जगन्नाथ लुइँटेल, रोमिया लिम्बू, सावित्रा लुइँटेल घिमिरे र हेमकुमार लावती रहेका छन् । अधिवेशनमा विभिन्न १८ मुलुकमा बसोबास गर्ने १५० भन्दा बढी झापालीको सहभागिता थियो ।
सो समाज विश्वका विभिन्न मुलुकमा छरिएर रहेका झापालीको साझा छाता संस्था हो । अध्यक्ष घोषणा भएलगत्तै पोखरेलले झापाको समृद्धि र विकासका लागि यस समाजले दिगो सोचका साथ काम गर्नेमा जोड दिँदै हाल १८ मुलुकमा रहेको यसको शाखालाई विश्वभर विस्तार गर्ने बताउनुभयो ।

Leave a Reply