जनजाति पत्रकार महासङ्घको अध्यक्षमा योङहाङ

चोरी

मंगलबारे, इलाम, २६ असोज  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) इलामको चौथो अधिवेशनबाट अध्यक्षमा राम योङहाङ सर्वसम्मत चयन हुनुभएको छ ।

बुधबार राति इलाम सदरमुकाममा सम्पन्न अधिवेशनले योङहाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले योङहाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा कौशिला राई, सचिवमा याम माबोहाङ, सहसचिवमा सृजना श्रेष्ठ र कोषाध्यक्षमा बुद्धमाया सोङमी निर्वाचित हुनुभएको छ । सदस्यहरुमा बन्दना राई, दीपक राई, सेन्छेहाङमा एवाई राई, सुनिता राई, मंगेश खाङि, सुजता सुनुवार ज्ञानु केदेम र अतीत योङहाङ निर्वाचित हुनुभएको छ् ।

त्यसैगरी अधिवेशनले केन्द्रीय र प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा ख्याम भुजेल, सन्तोष नेम्बाङ, दिलकुमार लिम्बू, रीता राराहाङ राई, सोमनाथ सुनुवार र सुस्मा श्रेष्ठ रहनुभएको छ । प्रदेश प्रतिनिधिहरुमा लोकेन थेवे, मनीप्रसाद राई, वीरबहादुर पापो र तारावीर लिम्बू चयन हुनुभएको छ ।

Leave a Reply