निर्वाचन आयोगले हालसम्मका प्रगति बुझ्न शीर्ष दललाई बोलायो

काठमाडौँ, असोज २७- निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी र हालसम्मका प्रगती बारे राजनीतिक दलहरुलाई जानकारी गराउन संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई बोलाएको छ ।

निर्वाचनको मिति सार्न केहि दलहरुबीच चर्चा चलिरहँदा आयोगले निर्वाचन तयारी बारे दललाई जानकारी गराउन भन्दै कान्तिपथस्थित आयोगको मुख्यालयमा दिउँसो १ बजे हुने छलफलमा प्रधानमन्त्री सहित संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई बोलाईएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

उनका अनुसार निर्वाचनमा आवश्यक पर्ने सुरक्षा रणनितिबारे सुरक्षा अंगका प्रमुखसंग छलफल गरेको भोलिपल्ट आयोगले तयारी बारे दलहरुलाई जानकारी गराउन लागेको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छापिरहेको छ भने निर्वाचन अधिकृतहरुलाई प्रशिक्षणपछि कार्याक्षेत्र पठाईसकेको छ ।

Leave a Reply