केयुकेएल, बीमा कम्पनी र खानेपानीबोर्डमा १४६ जनालाई सरकारी जागिर खुल्यो

काठमाडौँ, असोज २७- विभिन्न तीनवटा सरकारी संस्थामा एक सय ४६ जनाको लागि जागिर खुलेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका खानेपानी बोर्ड र विमा कम्पनी लिमिटेडमा जागिर खुलेको हो ।

केयुकेएलमा उपप्रबन्धक देखि सिनियर पलम्बरसम्मलाई ९१ जनाको जागिर खुलेको छ । बोर्डले चाहिँ प्रशासकीय अधिकृतदेखि कानून सहायकसम्म १९ जनाको लागि जागिर खोलेको छ । आजका मितिदेखि ३० दिन भित्रमा आवेदन दिन सकिने छ ।

बीमा कम्पनीले मुख्य व्यवस्थापकदेखि सहायकसम्मगरेर ३६ जनाको लागि जागिर खोलेको छ । विमा कम्पनीको जागिरका लागि चाहिँ कात्तिक २३ गतेसम्म आवेदन दिन सकिन्छ ।

Leave a Reply