तनहुँका तीन पौडेल ! कसले मार्ला बाजी ?

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने उद्घोष गरेका एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको ‘बाम गठबन्धन’ सरकारको नेतृत्व गरिरहेको कांग्रेसका लागि महङ्गो सावित हुने देखिएको छ ।

यतिबेला, प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्ष तर्फबाट तनहुँ क्षेत्र नं १ बाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी फेस गर्ने भएका छन् ।

उनी तनहुँबाट निर्वाचित बहालवाला सांसदसमेत हुन् । पौडेलसँगै वामपन्थी गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य ओमकुमारी पौडेलको नाम सिफारिस भएको छ । काँग्रेसको गढ मानिएको तनहुँमा वामपन्थी गठबन्धन बलियो देखिएको छ ।

एक्लाएक्लै निर्वाचन भिड्दा क्षेत्र नं १ मा एमाले÷माओवादी कमजोर देखिएपनि गठबन्धनपछि काँग्रेससँग कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

माओवादीले तनहुँमा आधा÷आधा गर्ने रणनीति छ । तनहुँ क्षेत्र नं २ मा एमालेको राम्रो भएकाले एमालेलाई दिने र १ नं प्रदेश माओवादीले लिने मोटामोटी सहमति भएको माओवादीका एक नेताले बताए ।

क्षेत्र नं २ मा एमालेका स्थायी समिति सदस्य किरण गुरुङ र काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलबीच प्रतिस्पर्धा हुनेछ । गुरुङ वामपन्थी गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनाउने चर्चा पनि चलेको छ । पौडेल नेविसंघका पूर्वअध्यक्षसमेत हुन् ।

अहिले पौडेल त्रय र गुरुङको उम्मेदवारी सिफारिसले तनहुँको चुनावी सरगर्मी ह्वात्तै वढेको छ ।

Leave a Reply