आज संसदको अन्तिम बैठक : अब संसद स्वत विघटन

काठमााडौँं : संविधान सभाबाट संविधानजारी भएपछि व्यवस्थापिका संसदमा रुपान्तरित संसदको अन्तिम बैठक आज बस्दै छ । संसदको कार्यकाल माघ ७ गतेसम्म रहने भएपनि संविधानको संक्रमणकालीन व्यवस्थामा अनुसार आज संसदको अन्तिम बैठक बस्न लागेको हो ।

संविधानमै प्रतिनिधसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख गरिएको छ ।

संविधानसभाबाट संसदमा रुपान्तरित संसदको अन्तिम दिन महत्त्वपूर्ण ठानिएका राष्ट्रियसभा निर्वाचन र चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । यद्यपी प्रमुख दलबीच सहमति नहुँदा कार्यसूचीका विषय समेत अन्योलमै रहेका छन् । कार्यसूचीमा रहेका विषयलाई पारित गर्ने भन्दै प्रमुख दलले सहमतिको प्रयास भने गरिरहेका छन् ।

अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि गर्दैछ । निर्वाचन आयोगले आइतबारसम्म समानुपातिकतर्फको उम्मेद्वारी दर्ता गर्ने म्याद दिएको छ।

सूची बुझाउने अन्तिम म्यादको अघिल्लो दिन शनिवार परेकोले शुक्रबार नै अन्तिम बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार हालको रुपान्तरित संसद्‍मा दर्ता भएका धेरैजसो विधेयक पारित भइसकेका छन्। तर संसद्ले संविधान कार्यान्वयन गर्न चाहिने महत्त्वपूर्णमध्ये एक राष्ट्रियसभा निर्वाचन कानून पारित गर्न बाँकी छ। संविधान जारी भएपछि संसद्ले ३ वर्षभित्र करिब १५० वटा कानून बनाउनुपर्ने थियो ।

दुई वर्षे कार्यकाल रहेको रुपान्तरिक संसद्ले संविधान कार्यान्वयन गर्न अत्यावश्यक कानून बनाउनै प्राथमिकता दिएको र बाँकी कानून आगामी संसद्ले बनाउने छ ।

Leave a Reply