संसद्को अन्तिम बैठक अाज बस्दै, के–के हुदैछ निर्णय ?

काठमाडौं । नयाँ संविधान जारी भएपछि संविधानसभाबाट व्यवस्थापिका संसद्‍मा रुपान्तरित संसद्को अन्तिम बैठक आज बस्ने भएको छ ।

यसको कार्यकाल माघ ७ गतेसम्म रहने भएपनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख भएकाले आजको बैठकनै अन्तिम भएको सभामुअ ओनसरी घर्तीले बताईन् ।।अन्तिम दिन महत्त्वपूर्ण ठानिएका राष्ट्रियसभा निर्वाचन र चिकित्सा शिक्षा विधेयकको टुङ्गो लगाउन प्रमुख दलबीच सहमति प्रयास भइरहेको उनले बताइन्।

निर्वाचन आयोगले आइतबारसम्म समानुपातिकतर्फको उम्मेद्वारी दर्ता गर्ने म्याद दिएकोले अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को आज अन्त्य हुनेछ ।

संसद् सचिवालयका अनुसार हालको रुपान्तरित संसद्‍मा दर्ता भएका धेरैजसो विधेयक पारित भइसकेका छन्। तर संसद्ले संविधान कार्यान्वयन गर्न चाहिने महत्त्वपूर्णमध्ये एक राष्ट्रियसभा निर्वाचन कानून पारित गर्न बाँकी छ।

संविधान जारी भएपछि संसद्ले ३ वर्षभित्र करिब १५० वटा कानून बनाउनुपर्ने हुन्छ ।दुई वर्षे कार्यकाल रहेको रुपान्तरिक संसद्ले संविधान कार्यान्वयन गर्न अत्यावश्यक कानून बनाउन प्राथमिकता दिएको र बाँकी कानून आगामी संसद्को जिम्मामा सर्नेछ।
राजनीतिक असमझदारी उत्पन्न भएको राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयकको छिनोफानो प्रमुख दलले शुक्रवार नै लगाउने बताइएको छ।

Leave a Reply