काठमाडौं नेसनल सम्बन्धनः छानबिनको दायरामा तीन उपकुलपति

काठमाडौँ, कार्तिक २७- पूर्वाधार र प्रक्रिया नपुगेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियामा संलग्न विश्वविद्यालयका तीन उपकुलपतिहरू छानबिनको दायरामा तानिएका छन् ।

उच्चस्तरीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धनमा मुछिएका त्रिभुवन विश्वविद्यालयका पूर्व र वर्तमान उपकुलपतिसँग बयान लिने भएको हो । काठमाडौं विश्वविद्यालयका उपकुलपति पनि शुल्क विवादमा तानिएका छन् ।

आयोग सचिवालय स्रोतका अनुसार काठमाडौं नेसनलको सम्बन्धन प्रक्रियामा मुछिएका त्रिविका पूर्वउपकुलपति हीराबहादुर महर्जनसहित विश्वविद्यालयको हालका कार्यकारी परिषदका पदाधिकारी छानबिनमा तानिएका छन् ।

सम्बन्धनको निर्णय गर्ने उपकुलपति तीर्थ खनियाँ, रेक्टर सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेतीका साथै कार्यकारी परिषद् सदस्यहरू रामप्रसाद खतिवडा, तारा सापकोटा, राजेन्द्र पौडेल र हरि पराजुलीसँग आयोगले बयान लिनेछ ।

विश्वविद्यालयका पदाधिकारी, कार्यकारी परिषद् सदस्यहरू प्राज्ञिक व्यक्ति हुन् । पछिल्लो समय त्रिवि तथा काठमाडौं विश्वविद्यालयका अधिकांश पदाधिकारीहरू मेडिकल कलेजको सम्बन्धनमा विवादास्पद बनेका छन् ।
त्रिविका पूर्वउपकुलपति हीराबहादुर महर्जन तथा उपकुलपति तीर्थ खनियाँ, रेक्टर सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेतीलगायतसँग चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले बयान लिने ।, यो खबर आजको कान्तिपुरमा छ ।

Leave a Reply