राष्ट्रपतिको सवारी; रुट थाहा पाउनुस् जामबाट जोगिनुस्

काठमाडौँ, कार्तिक २७- भीआईपीको सवारी हुँदा ट्राफिक जामको सास्ती व्यहोर्दै आएका काठमाडौंबासीले आज पनि त्यस्तै समस्या भोग्नुपर्ने छ ।

 

किनभने आज राष्ट्रपति विद्यादेवी भण्डारी  युएईको भ्रमणमा जाँदैछिन् र त्यसका लागि सवारी अवधिभर ट्राफिक प्रहरीले शितल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सवारी रुटमा अरु गाडी चल्न दिनेछैन ।

त्यसैले जामबाट जोगिन निम्न रुट बाट नजानुहोस्।

स्रोतका अनुसार अपरान्ह साढे चार बजे शितल निवासबाट राष्ट्रपति भण्डारी बाहिरिने छिन् । शितल निवासबाट भाटभटेनी, ल्होत्से चोक, ज्ञानेश्वर, तिलगंगा हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्ने रुट निर्धारण गरिएको छ ।

 

Leave a Reply