बूढीगण्डकीले बैठकमा झगडा; चिनियाँ कम्पनीको रद्द, भारतीयको म्याद थप

काठमाडौँ, कार्तिक २८- बूढीगण्डकी गेजुवालाई दिने सहमति खारेज गर्नेबारे मन्त्रिपरिषद्मा भएको छलफलका क्रममा दुई मन्त्रीबीच चर्काचर्की नै परेको छ ।

नागरिक दैनिकका अनुसार, कमल थापाले लगेको प्रस्तावमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असहमति जनाएपछि कमल थापा झोक्किन पुगेका थिए ।

‘देउवाको सबैभन्दा भरोसायोग्य मन्त्रीका रुपमा चिनिएका कार्कीले अडान कसेपछि प्रधानमन्त्री देउवाले पनि निर्णय लिन सकेनन् । प्रधानमन्त्री देउवाले निर्णय लिन नसकेपछि विभागीय मन्त्रीको प्रस्तावमा हस्तक्षेप गरेको भन्दै थापा आक्रोसित भए’ समाचारमा लेखिएको छ । समाचार अनुसार थापाले उक्त निर्णय नभएमा सरकारबाटै बाहिरिने चेतावनी दिएका थिए । बूढीगण्डकी गेजुवालाई दिने निर्णय खारेज गरेको विषयलाई मुख्य समाचार बनाएको नागरिकले ‘मन्त्रिपरिषद्मा चर्काचर्की’ शीर्षकको समाचारमा भने निर्णय नभएको लेखेको छ ।

Leave a Reply