निर्वाचनका अति संबेदनशील सामग्री चिन बाट

काठमाडौँ, कार्तिक २८- मतपेटिकादेखि मसीसम्म चीनबाट ल्याइएको लेखेको छ । यसभन्दा अघिका निर्वाचनमा भारतबाट ल्याउने गरिएका अति संवेदनशील सामग्री यसपटक चीनबाट ल्याइएको हो ।

समाचार अनुसार, समय अभाव भएको भन्दै अन्य दाता पन्छिएपछि आयोगले स्वस्तिक छापबाहेकका सबै सामान चीनबाट भित्र्याएको हो । स्वस्तिक छाप भने आयोगले भारतबाटै ल्याएको छ । मतपत्र, मतदाता नामावली, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसी, स्ट्याम्पप्याड र सुरक्षालगयात सामग्रीलाई आयोगले अति संवेदनशील सूचीमा राखेको छ ।

यसअघि निर्वाचनमा सहयोग गरेका भारत, चीन, जाइका, युएनडीपीलगायतले समयाभावका कारण सहयोग गर्न नसकेको आयोगले जनाएको छ ।

Leave a Reply