२२०० प्रतिशत सस्तिन सक्छ औषधि

काठमाडौँ, कार्तिक २८- डोटीका उम्मेदवारहरुको एजेन्डालाई मुख्य समाचार बनाएर छापेको कान्तिपुर दैनिकले औषधिको मूल्य २२०० प्रतिशत घट्न सक्ने लेखेको छ ।

‘२२०० प्रतिशत सस्तिन सक्छ औषधि’ शीर्षक दिएर कान्तिपुर दैनिकले लेखेको छ– सरकारले उत्पादकसँग सीधै खरिद गरी सर्वसाधारणलाई औषधि बिक्री गरे औषधिको मूल्य अहिलेको भन्दा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ ।’

सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउनेबारे सिफारिस गर्न सरकारद्वारा करिब ६ महिनाअघि गठित उच्चस्तरीय समितिले यस्तो निष्कर्ष निकालेको हो ।

Leave a Reply