‘रोनाल्डो मभन्दा बढी स्वार्थी छन्’

एजेन्सी, कार्तिक २८- फ्रान्स तथा रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जेमाले रोनाल्डोलाई आफुभन्दा धेरै स्वार्थी रहेको बताएका छन् । आफ्नो करिअर सुधारका लागि प्रशिक्षक मोउरिनो प्रमुख भुमिका खेलेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘खेलाडीहरुको आआफ्नो स्वभाव हुन्छ । तर, म रियलमा खुसी छु ।’

झण्डै एक दशकदेखि उनी रोनाल्डोसँग रियलबाट खेल्दै आइरहेका छन् । स्पेनमा रहेर उल्लेख्य प्रगति गरेका उनी रोनाल्डोको ओझेलमा परेको कुरा स्वीकार्छन् । तर, अरु खेलाडीहरुप्रति केही समस्या नरहेको उनी बताउँछन् ।

रियल आउनुपुर्व उनी लियोन क्लबबाट व्यवसायिक फुटबल खेल्ने गर्थे ।

Leave a Reply