चौथो सन्तानका पिता बने रोनाल्डो

एजेन्सी, कार्तिक २८- रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । उनले यस कुराको जानकारी सोसियल मिडिया मार्फत गराएका हुन् ।

आइतबार जर्जिना रोद्रिगेजले छोरीलाई जन्म दिएकी छिन् । रोनाल्डोले छोरीको नामसहित सोसियल मिडियामा जानकारी गराएका हुन् । उनले भनेका छन्, अलाना मार्टिनाको जन्म भर्खरै भएको छ । अलाना र जर्जी दुवैको स्वास्थ्य पनि राम्रो रहेको छ ।

गएको जुनमा सरोगेसी मार्फत रोनाल्डो जुम्लिया सन्तानको पिता बनेका थिए । उनको जेष्ठ सन्तान क्रिस्टियानो जुनियर पुर्व प्रेमिकासँगको सम्बन्धबाट जन्मिएका हुन् ।

चार सन्तानका पिता बनेका रोनाल्डो यतिखेर विश्राम लिइरहेका छन् । उनले मैत्रीपुर्ण खेलहरुमा सहभागिता जनाएका छैनन् ।

Leave a Reply