४५ रनमा समेटियो मलेसिया, सन्दीपले लिए पाँच विकेट

क्रिकेट

मलेसियामा जारी एसिसी यू–१९ एसिया कप अन्तर्गत नेपालले अायोजक मलेसियाबाट रनको ४६ लक्ष्य पाएको छ।

 वर्षाका कारण खेल ढिलो गरि सुरु भएपछि २४ ओभरमा छोट्टाइएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसियाले १५.३ ओभरमा सवै विकेट गुमाएर ४५ रन मात्रै बनाउन सकेको हो।

मलेसियाका ओपनर आजिज साहिद मुबारकले सर्बाधिक २० तथा विरनदीप जग्गित सिंहले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। मलेसियाका छ ब्याट्सम्यान शुन्य रनमा अाउट भएका थिए।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। ४.३ अोभर बलिङ गरेका उनले ८ रन मात्रै खर्चे। त्यस्तै साहब आलम, दीपेन्द्र सिंह ऐरीले समान २ तथा अनिलकुमार साहले १ विकेट लिए।

केहीबेरमा नेपाल ब्याटिङमा उत्रनेछ।

यू-१९ एसियाकपको सेमिफाइनल प्रवेश गर्न यो नेपालका लागि महत्वपुर्ण खेल हो। मलेसियालार्इ राम्रो रन रेटमा हराउन सके नेपालकाे सेमिफाइनल पुग्ने सम्भावना बलियो हुन्छ।

प्रतियोगितामा यसअघि भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतलार्इ १९ रनले पराजित गरेको थियो।

Leave a Reply