भीमसेन गाउँपालिकामा माओवादीका दर्जनौं नेता नयाँ शक्तिमा प्रवेश

गोरखा, कार्तिक २९- यति बेला गोरखामा भएको नयाँ शक्ति र कांग्रेसको चुनाबी तालमेललाई चर्चाको रुपमा हेरिएको छ |

गोरखाको प्रदेश न. २ मा डा. बाबुराम भट्टराई र नारायणकाजि को भिडन्त हुँदै छ र भट्टराईलाई कांग्रेसको पनि समर्थन रहेको छ भने नारायणकाजि पनि बामगठबन्धनका साझा उमेदबार हुन् त्यस्तै प्रदेश न. १ मा पनि लोकतान्त्रिकका र बाम गठबन्धनका उमेदबारको घम्साघम्सी पर्ने देखिएको छ तर पनि लोकतात्रिक गठबन्धन नै बाम भन्दा बलियो देखिएको छ |

गोरखा जिल्लाको भीमसेन गाउँपालिकामा हिजो मंगलबार भएको एक चुनाबी कोण सभामा बोर्लांगका सक्रिय युवा ब्यबसायी तथा माओबादी केन्द्रमा सक्रिय भूमिका खेल्दै आएका युवा सुरेश श्रेष्ठको नेतृत्वमा दर्जनौं युवा हरु नयाँ शक्तिमा समाहित भएका छन् |

त्यस्तै अन्य सक्रिय युवा हरु राजु श्रेष्ठ, दिलिप गुरुङ लगाएतका युवा हरु पनि नयाँ शक्ति मा प्रवेश गरेका हुन् |

हिजै लोकतान्त्रिक गठबन्धन तथा नयाँ शक्ति र कांग्रेसले भीमसेन गाउँपालिकाका अश्राङ, बोर्लाङ लगाएतका ठाउँमा चुनाबी कोण सभा सम्पन गरेको थियो | जसमा मतदाताहरु को उल्लेख्य सहभागिता रहेको थियो |

कोण सभालाई सम्बोधन गर्दै क्षेत्र न. १ उमेद्वार चिनकाजी श्रेष्ठले  प्रतक्ष्यमा २ भोट रुखमा र समानुपातिकमा एउटा भोट  आँखा चिन्हमा हाल्न मतदाता सामु आब्हान गरेका छन्|

 

Leave a Reply