अबुधावीका युवराजले गरे राष्ट्रपति भण्डारीसँग नेपाली कामदारको खुलेर प्रशंसा

काठमाडौं । अबुधावीका युवराज शेख मोहमद विन जायद अल नाभनले त्यहाँ कार्यरत् नेपाली कामदारको प्रशंसा गरेका छन् ।यूएई भ्रमणको क्रममा रहेकी राष्ट्रपति भण्डारीसँग आज भेटवार्ता गर्दै युवराज शेखले नेपाली कामदारले यूएईमा उच्च सम्मान र प्रशंसा पाउने गरेको बताएका हुन् ।

भण्डारीसँग उनले नेपाली कामदारले इमान्दार र मेहनती व्यक्तिको रुपमा परिचय बनाएको भन्दै नेपाली कामदारको खुलेर प्रशंसाा गरेका छन् ।भेटवार्ताको क्रममा शेखले नेपाल र यूएईबीचको कुटनीतिक सम्बन्ध ४० वर्ष पुगेकोमा खुशी व्यक्त गर्दै आपसी सद्भाव र सहयोगमा आधारित दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बन्दै जाने बताएका छन् ।

Leave a Reply