१७ घण्टापछि नियन्त्रणमा आयो पाटन औद्योगिक क्षेत्रमा लागेको भीषण आगो, आगोले करौडौको क्षति

काठमाडौं, कात्तिक २९ – ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ ।आगलागीबाट दुई वटा उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ । अझै आगोको भुङ्रो निभ्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको थियो । यस्तै सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल पनि प्रयोग भइरहेको छ  ।निजी ट्याङरबाट पनि पानी ओसार्ने र छ्याप्ने काम भइरहेको छ । आगोले करौडौको क्षति भएको छ ।

Leave a Reply