चीनले बनायो शक्तिशाली मिसाइल, विश्वको जुनसुकै भागमा निशाना लगाउन सक्ने (भिडियो सहित)

एजेन्सी, मंसिर ६- चीनले आफ्ना सेनाका लागि एक यस्तो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल बनाएको छ, जसले संसारको कुनै पनि भागमा निशाना लगाउन सक्छ । चीनले सन् २०१८ मा आगामी पिँढीका लागि लामो दुरीसम्म मार हान्न सक्ने अत्याधुनिक मिसाइल सेनामा सामेल गराउनेछ ।

एक मिडिया रिपोर्टमा बताइएअनुसार डोंगफेंग-४१ नाम गरेको यो मिसाइलले विपक्षी मिसाइलको खतरा र आत्मरक्षालाई पनि मात दिनसक्छ । यस मिसाइलको गति म्याक १० (ध्वनिको गतिभन्दा १० गुणा बढी, करिब १२ हजार ९ सय किलोमिटर प्रतिघण्टा) भन्दा पनि बढी हुनेछ ।

चीनको अखबार ग्लोबल टाइम्सका अनुसार सन् २०१२ मा यस मिसाइलको घोषणा भएपछि अहिलेसम्म यसलाई ८ पटक परीक्षण भइसकेको छ र यो पिपल्स लिबरेशन आर्मीमा सन् २०१८ मा सामेल हुनेछ ।

रुसी विशेषज्ञहरुका अनुसार अमेरिकालाई ध्यानमा राखेर यो मिसाइल तयार पारिएको हो । यस मिसाइलले अमेरिका र युरोपको कुनै पनि भागमा निशाना लागउन सक्छ ।

Leave a Reply