कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट!

सिटौला

भद्रपुर, मंसिर १२-  नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको झापास्थित घरमा बम विष्फोट भएको छ ।

 

सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि कम्पाउन्डमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटबाट पर्खालको ईंटा भत्किएको छ ।

गएराति करिब १२ः४५ को समयमा बम विष्फोट भएको थियो । सो समयमा नेता सिटौला परिवारका सदस्यहरुसहित घरभित्रै थिए ।

बम विष्फोटमा संलग्न भएको आशंकामा शंकास्पद एकजनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ।

Leave a Reply