मौन अबधि सुरु, फेसबुकमा पनि भोट माग्न नपाइने

काठमाडौँ, मंसिर १९- दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि हिजो मध्यरातिबाट शुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ताका अनुसार मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि  शुरु भएको हो ।

मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन । एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ ।

 

दोस्रो चरणको चुनाव सकिएलगत्तै पहिलो चरणको चुनावको मतगणना पनि सँगसँगै हुनेछ । पहिलो चरणको चुनाव भने ३२ जिल्लामा मंसिर १० गते नै सम्पन्न भएको थियो ।

Leave a Reply