ज्येष्ठ नागरिक सम्मानित

पोखरा, १९ मंसिर  बरेली पौडेल वंशावली अनुसन्धान, उत्थान तथा कूलपूजा व्यवस्थापन समितिले कूलपूजाका अवसरमा कूलमा ८० वर्षभन्दा माथि उमेर पुगेका १२ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी खुर्वादीस्थित कूलायन मन्दिरमा सोमबार आयोजित कार्यक्रममा हरिकला, टीकाराम, चन्द्रकला, जीवनाथ, तिलकराम, रुद्रलाल, पवित्रादेवी, जगन्नाथ, मनमाया, हरिकला, लीलावती र सोमनाथ पौडेललाई समितिका अध्यक्ष गुरुप्रसाद पौडेलले दोसल्ला ओढाएर सम्मान गर्दै ८० वर्ष उमेर काटेका नागरिक सबैका लागि प्रेरणाको स्रोत भएको र उहाँहरूको अनुभव तथा भोगाइ पछिल्ला पुस्ताका लागि निकै महत्वपूर्ण तथा अनुकरणीय हुने बताउनुभयो ।

कार्यक्रममा समितिका सचिव राजुप्रसाद पौडेल, कोषाध्यक्ष रामनाथ पौडेल, अर्थ संकलन उपसमितिका संयोजक किरण पौडेललगायतले देश तथा विदेशमा छरिएका बरेली पौडेलले प्रत्येक समाजमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै आफ्नो इतिहास र गौरवलाई भावी पुस्ताले पनि अनुकरण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिका– ३३ भरतपोखरीस्थित बरमा मूल बसोवास भएका बरेली पौडेल नेपालभित्र कास्कीका बाघमारा, भण्ढारढिक, सिसुवा, मझेरी पाटन, ड्यामसाइड, बैदाम, गगनगांैडा, लामेआहाल, धारीखोला र तालबेँसी, तनहुँका दुलेगांैडा र ढोरफिर्दी, नवलपरासीका दुम्कौली र रजहर, बर्दिया, काठमाडाँैं, सप्तरीलगायतका स्थान र विदेशका भारत, बेलायत, अष्टे«ेलिया, जापान, स्पेन, अमेरिकालगायत स्थानमा स्थायी एवं अस्थायी बसोवास गर्दै आएका छन् ।

Leave a Reply