शान्ति सेनामा अब सेनालाई भन्दा प्रहरीलाई प्राथमिकता

राहदानी छुटेपछि सुडानले फर्कायो २ सय ३२ नेपाली शान्ति सैनिक

काठमाडौं, जेठ २८ – संयुक्त राष्ट्रसंघले द्वन्द्वबाट शान्ति स्थापनातर्फ अघि बढेका देशहरुमा सेनालाई भन्दा प्रहरीलाई प्राथमिकता दिने भएको छ ।

त्यस्ता देशमा महिला तथा बालबालिकाको सुरक्षामा सेनाभन्दा प्रहरी प्रभावकारी देखिएको भन्दै प्रहरीलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

यही २० र २१ मा अमेरिकामा सम्पन्न राष्ट्रसंघीय प्रहरी प्रमुख -युएन कप्स) को सम्मेलन शान्ति मिसनमा कार्यरत उच्च अधिकारीहरुले प्रतिबेदन पेस गर्दै द्वन्द्वग्रस्त धेरैजसो देशमा सेनाभन्दा प्रहरीको काम प्रभावकारी भएको बताएका अाजको नयाँ पत्रिकामा समाचार छ ।

युद्ध भइरहेका मुलुकमा सेनाकै प्रभावकारी भएपनि अन्य  देशमा अर्धसैन्य बल र सिभिल प्रहरीको काम प्रभावकारी देखिएको आधारमा ती देशमा आगामी दिनमा प्रहरीलाई प्राथमिकता दिने निर्णय गरिएको छ ।

द्वन्द्वग्रस्त देशहरुमा खटिँदा सर्वसाधारणसँग ‘डिल’ गर्ने अनुभव र क्षता सेनाभन्दा प्रहरीमा राम्रो देखिएको छ । सम्मेलनमा नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका आइजिपी दुर्जकुमार राई सहभागी थिए ।

प्रहरी बुलेटिनमा प्रकाशित छ |

 

Leave a Reply