यस कारणले विप्लव माओवादी गरायो स्कुल बन्द,

0
4

माघ २४ काठमाडौँ | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले आइतबार देशभरिका शिक्षण संस्था बन्द गरेको छ। पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा क्रान्तिकारीले स्कुल र कलेज बन्द आह्वान गरेको हो।

अखिल क्रान्तिकारीको बन्दले राजधानीसहित देशभरका निजी तथा सरकारी शिक्षणसंस्था प्रभावित भएका छन्।

यसअघि माघ १७ गते विप्लव माओवादीको  विद्यार्थी विभाग हेरिरहेका नेता नरेन्द्र विश्वकर्मा मोरङबाट पक्राउ परेका थिए।

सुनसरीमा जिल्ला भेला गरेर काठमाडौं फर्कने क्रममा विश्वकर्मालाई प्रहरीले तीन राउन्ड गोलीसहित पक्राउ गरेको हो।

मोरङ प्रहरीका अनुसार विश्वकर्मालाई बिहीबार साँझ विराटनगर विमानस्थलबाट चाइनिज पेस्तोलको तीन राउन्ड गोलीसहित पक्राउ परेका थिए।

उनको झोला चेकजाँच गर्ने क्रममा गोली फेला परेको प्रहरीले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here